बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इङ्ल्यान्ड सात विकेटले पराजित


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २, २०७७
  • 336
    SHARES

अहमदाबाद,२ चैत्र। भारत र इङ्ल्यान्डबीचको दोस्रो टी२० क्रिकेटमा भारत सात विकेटले विजयी भएको छ ।

भारतका लागि कप्तान विराट कोहलीले अविजित ७३ रन बनाएका थिए । उनले तीन छक्का र पाँच चौका हिर्काएका थिए । अर्का युवा खेलाडी इसान किशनले ३२ बलमा ५६ रन बनाएका थिए भने रिषभ पन्त १३ बलमा २६ रन बनाएर आउट भएका थिए । केएल राहुल खाता खोल्न नपाई पहिलो ओभरमै आउट भएका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि जेसन रोयले ४६, जस बटलरले ०, डाविड मलानले २४, जोनी बेयरस्टले २०, इअन मोर्गनले २८, बेन स्टोक्सले २४, साम कुरानले ६ र क्रिस जोर्डनले ० रन बनाएका थिए ।

भारतीय बलर वासिङ्टन सुन्दर र शार्दुल ठाकुरले समान २–२ विकेट लिएका थिए भने भुवनेश्वर कुमार र युजवेन्द्र चहलले पनि समान १–१ विकेट लिएका थिए ।

यो जितसँगै ५ म्याचको यो शृंखलामा १–१ भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)