मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वमन्त्री जोशीको अवस्था चिन्ताजनक


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 368
    SHARES

४ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचार जारी रहेको नर्भिक अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार बिहान विज्ञप्ति निकालेर गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको जानकारी दिएको हो ।

फागुन १४ गते मष्तिकघात भएपछि नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । पछिल्लो केही दिनदेखि उहाँलाई भेन्टिलेटरमा राखिएको छ ।

‘यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।’अस्पतालले जानकारी दिएको छ।

अस्पतालले जारि गरेको विज्ञप्तिमा भनिएको छ, ‘फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौँ । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)