सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ५, २०७७
  • 867
    SHARES

५ चैत्र, काठमाडौं । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।

बुधवार राती वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परी चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

गत नोभेम्बरमा पूर्वी प्रान्त नान्र्गाहरमा सेना हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्य मारिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)