सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रान्समा कोरोना संक्रमण बढेसँगै १ महिने लकडाउन घोषणा


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ६, २०७७
  • 482
    SHARES

६ चैत्र, काठमाडौं । फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि राजधानी पेरिसमा एक महिनाको लकडाउन घोषणा भएकाे छ। पेरिसका साथै देशका अन्य १५ शहरमा पनि शुक्रबार मध्यरातबाट लकडाउन लागू हुने छ।

फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले अहिलेको लकडाउनमा पहिलेको जस्तो कडा प्रतिबन्ध भने नरहने बताएका छन्। फ्रान्समा बितेको २४ घण्टामा कोरोना भाइरसका ३५ हजार नयाँ संक्रमित फेला परेका छन्।

प्रधानमन्त्री जीन केसटेक्सले कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले पेरिसको हालत अत्यधिक खराब भइरहेको बताएका छन्।

नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरु बन्द रहने छन्। तर विद्यालय भने बन्द नगरिने भएको छ।

सरकारको अनुमति बिना मानिसहरु एक ठाउँबाट अर्काे ठाउमा जान पाउने छैनन्।

कोरोना भाइरसको खोप लगाउनमा ढिलाई गरेको भन्दै फ्रान्समा सरकारको आलोचना भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)