७ चैत्र, काठमाडौं। भारतमा महाराष्ट्रको रत्नागिरीमा एक केमिकल फ्याक्ट्रीमा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ। एकजना जलेर गम्भीर घाइते भएका छन्। विष्फोटपछि उद्योगमा आगो लागेको थियो।
घटना हुँदा उक्त स्थानमा ५० जना फसेका थिए। उनीहरु सबैको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार झण्डै पाँच किलोमिटर टाढासम्म विष्फोटको आवाज सुनिएको थियो । विष्फोटपछि भएको आगलागी नियन्त्रणमा लिने प्रयास अहिले पनि जारी छ।
