सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइसल्याण्डमा शान्त बन्दै ज्वालामुखी


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ८, २०७७
  • 475
    SHARES

८ चैत्र, काठमाडौं । आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रमा बिस्फोट भएको ज्वालामुखी कमजोर हुने क्रममा रहेको वैज्ञानिकले बताएका छन्।

रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा शुक्रबार बेलुका ज्वालामुखी बिस्फोट भएको हो। सो ज्वालामुखीबाट निस्कएका लाभा तल झर्ने क्रम सुस्त हुँदै गएको र ज्वालामुखी पनि शान्त हुने क्रममा रहेको वैज्ञानिकले बताएका हुन्।

ज्वालामुखीबाट निस्कएको लाभा सयौँ मिटर तलसम्म खसेको छ।

पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ५० हजार भन्दा धेरै भूकम्प गएको थियो। त्यसपछि क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको हो।

सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो।

तर यसपटकको फाग्राडाल्स्फल ज्वालामुखीबाट ठूलो मात्रामा खरानी तथा धुवाँ निस्किएको थिएन।

वेम्याम्स तथा स्याटेलाइट तस्बिरहरु मार्फत शुक्रबार बेलुकादेखि ज्वालामुखी बिस्फोट भएको थियो । ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटर पर पर्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)