सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अस्ट्रेलियामा ५० वर्षयताकै ठुलो बाढी


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ८, २०७७
  • 751
    SHARES

८ चैत्र, काठमाडौं । अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ । सप्ताहन्तमा आएको बाढीलाई अधिकारीहरुले ५० वर्षयताकै ठूलो बाढी बताएका छन् ।

बाढीका कारण सिड्नीका सयौँ घरमा क्षति पुगेको र हजारौँ मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

सिड्नीको उत्तर–पश्चिमी क्षेत्रमा बसोबास गर्ने मानिसलाई मध्यरातमा घर छाड्न आदेश दिइएको थियो । अझै थप चार हजार मानिसलाई त्यहाँबाट स्थानान्तरण गर्नुपर्ने जनाइएको छ ।

तीव्र गतिमा आएको बाढीले घर र रुख बगाउनुका साथै अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ । बाढीपछि त्यहाँका मुख्य राजमार्गहरु बन्द गरिएको थियो भने सोमबारका लागि शैक्षिक संस्थाहरु बन्द रहने जनाइएको छ ।

आज आइतबार दिनभर नै वर्षा हुनसक्ने जनाउँदै मौसविद्हरुले केही क्षेत्रमा २०० मिलिलिटरसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरेका छन् । वर्षाले न्यु साउथ वेल्समा कोभिड–१९ विरुद्धको खोप ढुवानीमा समेत प्रभाव परेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)