बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्ड


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ८, २०७७
  • 786
    SHARES
काठमाडौँ, ८ चैत्र।

नेपाल पर्यटन बोर्ड कोभिड–१९ का कारण थलिएको मुलुकको पर्यटनलाई चलायमान बनाउन अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा जुटेको छ । कोभिडपछि पहिलो अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्रावल एण्ड टुरिज्म एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ ।

यही मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०सहित विभिन्न २५ कम्पनी सहभागी हुनेछन् । पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत  डा धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।

“भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ, तर भारतले अझै धेरै मुलुकका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्र्दभमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रममा सहभागिता जनाइने सिइओ रग्मीले बताउनुभयो ।

पछिल्लो पटक सरकारले नेपाल–भारत यातायात सञ्चालन गर्ने निर्णय गरेको र यसअघि एअरबबल सम्झौताअनुरुप नेपाल–भारत दुवै देशबाट दैनिक दुई हवाई उडानसमेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ ।

पर्यटन बोर्डले भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीयस्थलका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरुपको रणनीतिसमेत बनाएको बोर्डका सिइओ डा रेग्मीले जानकारी दिनुभयो ।

भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा व्यक्तित्वको सहभागिता रहने गर्दछ । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेञ्ज मेलाका रुपमा लिने गरिन्छ । कोभिडको सङ्क्रमणपछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अन्तरराष्ट्रिय मञ्चमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरे पनि भौतिकरुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।

नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागिता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीले सहभागिता जनाएका थिए । यस वर्ष कोरानाका कारण सहभागी हुन जाने कम्पनीको सङ्ख्या केही घटे पनि कोभिडको खोप आइसकेको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेजमार्फत आकर्षित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ । सोअनुसार सहभागी कम्पनीले विभिन्न खालका प्याकेजसमेत तयार पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }