सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बंगलादेशमा मोदी भ्रमणको विरोध


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ८, २०७७
  • 953
    SHARES

८ चैत्र, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण गर्ने भएपछि यहाँका नागरिकले विरोध जनाएका छन् । राजधानी ढाकामा केही मुस्लिम तथा विद्यार्थीले विरोध र्‍यालीको आयोजना गरेका बीबीसी हिन्दीले जनाएको छ ।

प्रार्थनापछि बैतुल मोकारम मस्जिदबाहिर करिब ५०० मुस्लिमले मार्चपास गरेका थिए भने ढाका विश्वविद्यालयबाहिर करिब २०० विद्यर्थीले प्रदर्शन गरेका थिए । भारत र मोदीविरोधी नारा लगाएका उनीहरु कुनै पनि संगठनमा आबद्ध नरहेको जनाइएको छ ।

विरोध प्रदर्शनपछि बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै प्रदर्शनका विषयमा चिन्तित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

नौ महिनाको हिंसात्मक विद्रोहपछि इस्वी संवत् १९७१ मार्च २६ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको थियो । स्वतन्त्रता दिवसका अवसरमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा मोदीको भ्रमण तय भए पनि त्यसको विरोध भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)