सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आफ्नै सामाजिक सञ्जाल निर्माण गरी सार्वजनिक गर्ने तयारीमा ट्रम्प


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 317
    SHARES

काठमाडौं, ९ चैत्र । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जालमा फर्किने तयारीमा छन् । गत जनवरी ६ तारिखमा उनका समर्थकले अमेरिकी संसद् भवनमा आक्रमण गरेयता ट्रम्पका ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जालले उनका अकाउन्ट बन्द गरिदिएका छन्।

हिंसालाई प्रोत्साहन गर्ने खालका पोस्ट गरेको भन्दै ट्विटर, फेसबुक, युट्युबले ट्रम्पलाई आफ्ना प्लेटफर्म प्रयोगमा सधैंका लागि प्रतिबन्ध लगाएका हुन्। अब ३ महिनाभित्र ट्रम्पले आफ्नै सामाजिक सञ्जाल निर्माण गरी सार्वजनिक गर्ने तयारी रहेको उनका एक वरिष्ठ सल्लाहकारले जनाएका छन् । गत वर्ष नोभेम्बरमा सम्पन्न राष्ट्रपति चुन्ने चुनावमा आफूले हारेपछि ट्रम्पले विभिन्न प्रकारले विरोध गरिरहेका थिए। निर्वाचनमा धाँधली भएको भन्दै अदालतमा मुद्दासमेत हालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)