सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा गोलीबारी हुँदा प्रहरीसहित १० जनाको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १०, २०७७
  • 843
    SHARES

१० चैत्र, काठमाडौं। अमेरिकाको कोलोराडोको बोल्डर शहरमा गोलीबारीको घटनामा प्रहरीसमेत थुप्रैजना मारिएको खबर छ । यो घटनामा प्रहरीसमेत कम्तीमा १० जना मारिएको खबर छ ।

एक बन्दुकधारीले बोल्डर शहरको टेबल मेसा इलाकाको एक ग्रोसरी सुपरमार्केटमा स्थानीय समयानुसार करिब दिउँसो ३ बजे गोलीबारी भएको हो । प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ ।

प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले दिएको जानकारी अनुसार केही सुरुवाती जानकारी मात्रै प्राप्त गरिएको र हिंसाका कारण के हो भन्ने हालसम्म यकिन हुन सकेको छैन ।

तर स्थानीय मिडियामा देखाइएको भिडियोमा बक्सर मात्रै लगाएका दाह्री भएका गोरा व्यक्तिलाई हत्कडीमा स्टोरबाट बाहिर लैजादैं गरिएको देखिएको छ । त्यसपछि उनलाई स्ट्रेचरमा सुताएर एम्बुलेन्समा लगियो । हिरासतमा लिइएका व्यक्तिको खुट्टाबाट रगत निस्किरहेको थियो र उनी खुट्टा खोच्याएर हिँडिरहेका थिए ।

घटनाका बेला सुपरमार्केटभित्रै रहेका प्रत्यक्षदर्शीले गोलीको आवाज सुनेपछि आफूहरु पछाडिको बाटो हुँदै बाहिर निस्किएको बताए ।

कम्तिमा आठ गनशट सुन्ने रयान बोरोव्स्कीले सीएनएनसँग भने, ‘एउटा सोडा र चिप्सको प्याकेट खरिद गर्न जाँदा म त झण्डै मरिनँ ।’

दर्जनौं बख्तरबन्द वाहन, एम्बुलेन्स र एफबीआई एजेन्ट, स्वाट टीमसमेत सुरक्षाबल घटनास्थलमा पुगेका छन् ।

यसअघि अघिल्लो हप्ता पनि दक्षिणपूर्वी जर्जिया राज्यमा एशियालीको स्पामा गोलीबारीको घटना भएको थियो जसमा ८ जना मारिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)