शुक्रबार, बैशाख २१, २०८१

बंगलादेशमा प्रधानमन्त्री हसिनाको हत्या प्रयास गर्ने १४ जनालाई मृत्युदण्डको फैसला


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०७७
  • 439
    SHARES

११ चैत्र, काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार छन् ।

विशेष अदालतले न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना नै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाइएको बताएका छन् । उनीहरु सबै हर्कत उल जिहाद अल इस्लामि संगठनका लडाकुहरु रहेको न्यायाधीशले बताएका छन् ।

सन् २००० मा हसिनाको हत्याको प्रयासमा एक बम आक्रमण भएको थियो । हसिनाले लिएको धर्मनिरपेक्षताको नीतिको विरोधमा इस्लामिक कट्टरपन्थी समूहले हसिनाको हत्याको प्रयास गरेको हो ।

चरमपन्थी संगठनले हसिनाले भाषण गर्ने कलेजमा दुई बम राखेका थिए । सुरक्षाकर्मीहरुसँग भएको डिभाइसले उक्त बम पहिचान गरेको थियो र त्यसलाई निस्क्रिय बनाइएको थियो । सन् २०१८ मा हसिनाको पार्टी अवामी लिगले बंगलादेशको आम निर्वाचनमा जित हात पारेको थियो । यससँगै हसिना अहिले प्रधानमन्त्रीको चौथो कार्यकाल चलाइरहनु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }