शुक्रबार, बैशाख २१, २०८१

भारतको १८ राज्यमा भेटियो ‘डबल म्यूटेन्ट’ भेरियन्ट’को कोरोना भाइरस


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०७७
  • 740
    SHARES

११ चैत्र, काठमाडौं । भारतको १८ राज्यमा कोरोना भाइरसका एउटा नयाँ ‘डबल म्यूटेन्ट’ भेरियन्ट भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।

साथै मन्त्रालयले हालसम्मको आँकडाले देशमा कोरोनाको बढ्दो संक्रमण र नयाँ भाइरसको कुनै सम्बन्ध छ छैन भनेर स्पष्ट जानकारी प्राप्त नभएको पनि बताएको छ ।

कोरोना भाइरसको यो नयाँ भेरियन्ट विदेशमा पनि भेटिइसकेको छ । पछिल्ला केही दिनदेखि विश्वका अन्य मुलुकसमेत भारतमा कोरोनाको संक्रमण एकपटक पुनः तीब्र रुपमा बढिरहेको छ । साथै, नेपालमा पनि कोरोनाका संक्रमित बढ्ने क्रम जारी छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको यो नयाँ किसिम हालसम्म खासै धेरै भेटिएको छैन । यद्यपि, यो नयाँ किसिमको भाइरसले शरीरको प्रतिरोधी प्रणालीबाट बचेर संक्रमण बढाउने गरेको पनि बताइन्छ ।

भाइरसको यो म्यूटेशन करिब १५ देखि २० प्रतिशत नमूनामा पाइएको छ । चिन्ताको विषय यो छ कि यी नमूना पहिलाको भेरियन्टसँग मेल खाँदैन ।

महाराष्ट्रमा भेटिएको नमूनाको विश्लेषण पश्चात् पत्ता लागेअनुसार डिसेम्बर सन् २०२० को तुलनामा नमूनामा ई४८४क्यू र एल४५२आर म्युटेशनको अंशमा बढोत्तरी भएको छ ।

अन्तरराष्ट्रिय यात्री भारतमा आएका बेला र अन्य रोगीबाट लिइएको नमूनाको जिनोम सिक्वेन्सिङ र यसको विश्लेषणपश्चात् यस्तो किसिमका संक्रमितको संख्या १० भेटिएको जानकारीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }