शुक्रबार, बैशाख २१, २०८१

कोरोना खोप निर्यातमा भारतको प्रतिबन्ध , आफ्ना नागरिक प्राथमिक्तामा

भारतले हालसम्म विश्वका ७६ देशमा ६ करोड डोज खोप निर्यात् गरिसकेको छ


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०७७
  • 550
    SHARES

नयाँ दिल्ली,१२ चैत्र।

भारतले विभिन्न मुलुकमा निर्यात् गरिरहेको कोरोना विरुद्धको अक्सफोर्ड एस्ट्राजिनिका खोप हाललाई अस्थायी रुपमा निर्यात बन्द गर्ने निर्णय गरेको छ ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै व्यापक रुपमा संक्रमण बढ्न थालेपछि खोपको आन्तरिक माग पूरा गर्न निर्यात् बन्द गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घन्टामा मात्रै ५३ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

भारतमा व्यापक रुपमा खोप अभियान संचालन गर्न नसक्दा संक्रमणको दोस्रो लहर शुरु भएको निष्कर्ष विज्ञहरुको छ । त्यसैले आगामी अप्रिल महिनाको अन्त्यसम्म अन्य वैदेशिक मुलुकलाई खोप निर्यात् बन्द गर्ने निर्णय गरिएको हो । भारतको निर्णयसँगै कोभ्याक्स योजना अन्तर्गत् १ सय ९० देश प्रभावित हुनेछन् ।

कोभ्याक्स योजना अघि सारेको विश्व स्वास्थ्य संगठनले सबै मुलुकमा निश्पक्ष रुपमा खोपको समान वितरण हुनुपर्ने जनाएको छ ।

भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्सटिच्युट अफ इन्डियाले बेलायत र ब्राजिल सहित थुप्रै मुलुकमा खोप पठाउन ढिलाई गरेको छ । भारतले हालसम्म विश्वका ७६ देशमा ६ करोड डोज खोप निर्यात् गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }