बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटकको रोजाईमा तारकेश्वरको ‘शान्तिधाम’


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 442
    SHARES

अनिशा पौडेल (प्रशिक्षार्थी)

काठमाडौँ, १३ चैत । काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको शान्तिधाम धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुँदै गएको छ । विस २०६८ सालमा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उदेश्यले ‘शान्तिधाम’ दर्ता भएपछि उक्त परिसरमा बद्रीनारायणको मन्दिर निर्माण भएसँगै धार्मिक पर्यटक बढ्न थालेका हुन् ।

विस २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रीनारायण मन्दिर दर्शनका लागि दैनिक पाँचसयभन्दा बढी दर्शनार्थीहरु आउने गरेका छन् । यस्तै विदाको दिनमा तीन हजारदेखि पाँच हजार दर्शनार्थीहरु मन्दिर दर्शनका लागि आउने गरेका छन् ।

विहान र बेलुका खुल्ने उक्त मन्दिर मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म बन्द हुँदै आएको छ । रु १५ करोड लागतमा निर्माण सम्पन्न भएको बद्रीनारायणको मन्दिर द्राविड शिखर शैलीमा निर्माण भएको हो । उक्त मन्दिर कलात्मक र सुन्दर रहेको छ ।

विभिन्न क्षेत्रमा सत्संग धार्मिक चेतना अभिवृद्धि गर्दै आएको शान्तिधाममा हिन्दु धर्मालम्बीहरुका दर्शनीय धार्मिक स्थल चारधाम निर्माण गर्ने उदेश्य राखिएको वृहद शान्तिधाम नेपालका संस्थापक मठाधीश अनन्त श्रीविभूषित स्वामी श्री चतुर्भुजाचार्य चुडामणिजी महाराजले राससलाई जानकारी दिनुभयो ।

“वार्षिक हजारौँ नेपालीहरु अर्बौँ रकम खर्च गरेर छिमेकी मुलुक भारतका विभिन्न मठमन्दिर तथा धामहरु घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउनका लागि वृहद शान्तिधाम नेपाल स्थापना गरी विभिन्न मठमन्दिर र धाम निर्माण गर्न लागेका छौँ,”–उहाँले भन्नुभयो । अहिले बद्रीनारायण धाम निर्माण गरिएपनि आगामी दिनमा रामेश्वरम धाम, द्धाराकाधीश धाम र जगन्नाथ धाम निर्माण गरिने मठाधीशको भनाई छ । शान्तिधामभित्र सम्पन्न भएको बद्रीनारायण मन्दिर विस २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उद्घाटन गरिएको हो ।

कूल १०० रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास, क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।
नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला ,वृद्धाश्रम ,अनाथालय, बाचनलय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दर मुक्ति सरोवर निर्माण गरिएको यस शान्तिधाममा विशेष अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्ने गरेको छ । त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा समेत मेला लाग्ने गरेको छ ।

उक्त शान्तिधाममा दैनिक १०० भक्तजनलाई आवास तथा भोजन गर्नसक्ने क्षमता रहेको छ । शान्तिधाम परिसरमा निर्माण गर्न लागिएको भौतिक संरचनाका लागि आर्थिक अभाव रहेको मठाधीशको भनाई छ । यस्तै, शान्तिधाम पुग्नका लागि बाटोसमेत राम्रो नहुँदा समस्या परेको छ । आन्तरिक तथा बाह्य पर्यटन विकास गर्दै राज्यलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको शान्तिधाममा दाताहरुले समेत सहयोग गर्ने क्रम बढेको छ ।

शान्तिधाम परिसरमा बन्न लागेको भौतिक संरचना निर्माणका लागि तारकेश्वर नगरपालिकाले समेत आर्थिक सहयोग गर्दै आएको छ । तारकेश्वर नगरपालिका प्रवक्ता एवम् वडा नं १ का वडाअध्यक्ष विदुर सापकोटाले शान्तिधाम क्षेत्रको विकासका लागि नगरपालिकाले प्रत्येक वर्ष सहयोग गर्दै आएको बताउनुभयो । धार्मिक पर्यटनको विकास हुने भएकाले नगरपालिकाले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाई थियो ।

शान्तिधाम काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट ७ किलोमिटर दुरीमा पर्दछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }