बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दै ‘यती एयरलाइन्स’, परिक्षण उडान सम्पन्न


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 562
    SHARES

सञ्चिता आचार्य (प्रशिक्षार्थी)

काठमाडौँ, १३ चैत । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–वनारस–काठमाडौँ प्रुभिङ फ्लाइट सम्पन्न गरेको छ ।

विगत २३ वर्षदेखि नेपाली आकाशमा निरन्तर उडान भर्दै आएको यती एअरलाइन्सले नागरिक उड्ययान प्राधिकरण (क्यान)बाट अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्न अनुमति पाएसँगै चैत ११ गते काठमाडौँ–वनारस–काठमाडौँ प्रुभिङ फ्लाइट सम्पन्न गरेको हो ।

दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकका लागि अनुमति पाएको यती एअरलाइन्सले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवा विस्तार गर्ने योजनाका साथ बनारस प्रुभिङ फ्लाइट गरेको हो ।

यती एअरलाइन्सका वरिष्ठ चालक रमोदकुमार श्रेष्ठले चालकदलको नेतृत्व गर्दै यती एअरलाइन्स र क्यानको २३ जनाको टोलीले आज काठमाडौँ–वनारस–काठमाडौँ प्रुभिङ फ्लाइट सफलतापूर्वक सम्पन्न गरेको हो ।

यती एअरलाइन्सको एटिआर–७२ विमानबाट उक्त टोली विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाई अडा वाणरासी भारत पुगेर पुनः काठमाडौँ फर्केको हो ।

एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले क्षेत्रीय विमानस्थललाई जोड्न र धार्मिक पर्यटनलाई भित्र्याउने उदेश्यका साथ प्रुभिङ फ्लाइट सम्पन्न गरिएको जानकारी दिनुभयो ।
यती एअरलाइन्सले आगामी दिनमा मध्यम दूरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्य समेत राखेको छ । यती एअरलाइन्स र यती गुप्रले ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी र होटलमार्फत स्वदेशी तथा विदेशी पर्यटनलाई सेवा प्रदान गर्दै आएको छ ।

सन् २०२१ भित्रै दुईवटा एटीआर–७२ र एउटा ट्विनअटर जहाज थप्ने योजना बनाएको यो कम्पनीले अहिले एटिआर–७२ र जेटस्ट्रिम जहाजमार्फत विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ । यतीसँग हाल पाँच÷पाँच वटा एटीआर–७२ र जेट स्ट्रिम जहाज रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }