शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारको आन्दोलनमा मृत्यु हुनेको संख्या ३ सय नाघ्यो


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 868
    SHARES

१३, चैत्र, काठमाडौं । म्यानमारमा सैन्य कूविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)को तथ्यांक अनुसार अहिलेसम्म म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा कम्तीमा ३२० जनाको मृत्यु भएको छ । बिहीबार मात्र म्यानमारमा सेनाविरुद्ध प्रदर्शन गर्ने ३४ जनाको मृत्यु भएको हो ।

बिहीबार म्यानमारको सबैभन्दा ठूलो सहर यान्गोनमा सबैभन्दा धेरै प्रदर्शनकारी मारिएका थिए । दोस्रो सबैभन्दा ठूलो सहर मान्डलेमा पनि १६ वर्षीय एक किशोरको प्रहरीको गोली लागी मृत्यु भएको थियो । एएपीपीका अनुसार यो आन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्छ । ‘मानवताविरुद्धको अपराध दैनिकजसो भइरहेको छ’, एएपीपीले बताएको छ ।

म्यानमारको सेनाको शान्तिपूर्ण आन्दोलनमा बर्बर दमन गरेको भन्दै पश्चिमा मुलुकले म्यानमारको सेनामाथि प्रतिबन्ध लगाएका छन् । सेनाले भने आन्दोलनमा अनावश्यक बल प्रयोग नगरेको दाबी गर्दै आएको छ । सेनाले अन्तर्राष्ट्रिय मापदण्डलाई ख्याल गर्दै आन्दोलन नियन्त्रणको प्रयास गर्दै आएको दाबी गरेको छ ।

मंगलबार सेनाका प्रवक्ताले आन्दोलनमा १६४ प्रदर्शनकारी र नौ सुरक्षाकर्मीको मृत्यु भएको बताएका थिए । एएपीपीको तथ्यांकअनुसार म्यानमारमा ज्यान गुमाउनेमध्ये २५ जनालाई टाउकोमा गोली हानिएको थियो ।

त्यस्तै मारिनेमा ९० प्रतिशत पुरुष छन् भने एक तिहाइ मानिसहरु २४ वर्षभन्दा मुनिका छन् । सेभ द चिल्ड्रेनका अनुसार यो आन्दोलनमा कम्तीमा २० बालबालिका मारिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }