शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वसन्त यामको आरोहणका लागि सात आरोही समूहले लिए अनुमति


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 757
    SHARES

काठमाडौं, १३ चैत्र।

वसन्त यामको आरोहणका लागि हालसम्म पाँच आरोही समूहलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । सगरमाथा, अन्नपूर्ण, मनास्लु र नुप्से हिमाल आरोहण गर्ने सात आरोही समूहका ६१ आरोहीलाई आरोहण अनुमति दिएको छ ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्ककमा सोलुखुम्बुमा पर्ने सगरमाथा ९८,८४८।८६ मिटर० आरोहणका लागि दुई र सोही क्षेत्रमा पर्ने नुप्से ९७,८६४ मिटर० एक आरोही समूह छन् । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल ९८,०९१० आरोहणका लागि तीन समूहलाई अनुमति दिएको छ ।

त्यस्तै गोरखामा पर्ने मनास्लु हिमाल ९८,१६३ मिटर० मा एक आरोही समूह छन् । अन्नपूण आरोहणका लागि सबैभन्दा धेरै ११ जना महिलासहित ४० आरोहीले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरु गन्तव्यतर्फ लागिसकेका छन् ।

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् ।

आरोहणका लागि बाटो बनाउने आइसफल चिकित्सक पनि गन्तव्यमा रहेको विभागले जनाएको छ । आइसफल चिकित्सक सगरमाथाको आधार शिविरभन्दा माथितिर पुगिसकेका छन् । वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गरिरहेको छ ।
सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार ३०० भन्दा बढी हिमाल रहेको बताइन्छ । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरुआत भए पनि अप्रिल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }