सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डोनेशियामा चर्चबाहिर बिस्फोट हुँदा मानव शरीरका टुक्रा भेटिए


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १५, २०७७
  • 468
    SHARES

१५ चैत्र, काठमाडौं । इन्डोनेसियाका मकस्सार शहरमा आइतबार एक क्याथोलिक चर्च बाहिर बम बिस्फोट भएको छ । प्रहरीले यो बिस्फोटमा केहीको मृत्यु भएको जानकारी दिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बिस्फोटका बेला थुप्रै मानिस चर्चभित्र थिए ।

साउथ सुलावेसी प्रहरीका प्रवक्ता ई. जुलपनले मिडियालाई भने, ‘हामीले यहाँ पीडित र मानिसको शरीरको टुक्रा देखेका छौं जून पूर्ण रुपमा क्षत विक्षत भएका छन् ।’

उनले भने, ‘ क्षत–विक्षत अंग हमलाकर्ताको हो वा त्यहाँ वरिपरिका मानिसहरुको हो भनेर अहिलेसम्म हामीलाई थाहा भएको छैन ।’

दुर्घटनास्थलको एउटा भिडियोमा प्रहरीले चर्चलाई घेरेर राखेको र चर्च नजिकै राखिएको कार क्षतीग्रस्त भएको देख्न सकिन्छ ।

घटनाबारे थप जानकारी प्राप्त हुनै बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)