सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारका ३ हजार नागरिक भागेर थाइल्याण्ड पुगे


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०७७
  • 921
    SHARES

१६ चैत्र, काठमाडौं । म्यानमारको दक्षिणपूर्वी राज्य करेनका करिब तीन हजार मानिसहरु भागेर थाइल्याण्ड पुगेका छन् । म्यानमारको सेनाले हवाई आक्रमण सुरु गरेसँगै उनीहरु भागेर थाइल्याण्ड पुगेका हुन् ।

धार्मिक सशस्त्र समुहको नियन्त्रणमा रहेको यो क्षेत्रलाई लक्षित गरी सेनाले आइतबार हवाइ आक्रमण गरेको थियो । आक्रमणपछि मानिसहरु जंगलमा लुक्न गएका थिए । उनीहरुमध्ये करिब तीन हजार मानिसहरु अहिले शरण खोज्दै थाइल्याण्ड पुगेका हुन् ।

अहिलेसम्म थाइल्याण्डले भने म्यानमारबाट आएका शरणार्थीको विषयमा केही बताएको छैन । म्यानमारमा अहिले सेनाविरुद्धको आन्दोलन निरन्तर चलिरहेको छ । उक्त आक्रमणको सेनाले बर्बर दमन गरिरहेको छ ।

आइतबार म्यानमारको सेनाले अन्त्येष्टिमा गएका मानिसहरुमाथि पनि गोली चलाएको थियो । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार आइतबार म्यानमारमा सुरक्षाकर्मीबाट थप १३ प्रदर्शनकारी मारिएका छन् । एएपीपीका अनुसार म्यानमारमा अहिलेसम्म सेनाविरुद्धको आन्दोलनमा ४५९ जनाको मृत्यु भइसकेको छ भने २५ सयभन्दा धेरै मानिसहरु पक्राउ परेका छन् ।

शनिबार म्यानमारमा एकैदिन आन्दोलनको क्रममा ११४ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले गरेको घातक दमनपछि पश्चिमा मुलुकहरुले म्यानमारको सेनाको निन्दा गरेका छन् । यद्यपि, अन्तर्राष्ट्रिय समुदायले म्यानमारको सेनाविरुद्ध चालेको कदमको प्रभाव भने निकै कमजोर देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)