सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 586
    SHARES

१७ चैत्र, काठमाडौं । इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुगेका छन् । उनीहरु सोमबार इराक पुग्नुभएको बताइएको छ । उनीहरुले इराकका विदेशमन्त्रीसँग छलफल गर्नेछन् । उनीहरुको यो त्रिपक्षीय बैठकले यी देशका उच्चस्तरीय नेताहरुको बैठक तय गर्ने बताइएको छ ।

इराक, जोर्डन र इजिप्टका उच्चस्तरीय नेताहरुको संयुक्त बैठक हुन लागेको र सो बैठकको तयारीका लागि उनीहरु त्यसतर्फ लाग्नुभएको तथा इराकमा रहेका यहाँका विदेशमन्त्री समेतको छलफलबाट सो बैठक तय गरिने बताइएको छ ।

सोमबार यी तीन देशका विदेशमन्त्रीहरूको इराकको राजधानी बगदादमा छलफल भएको थियो । सो छलफलबाट पछिल्लो समयमा इराकका साथै अरु क्षेत्रीय राजनीतिका विषयमा के कसरी विकसित भइरहेको छ भन्ने बारेमा पनि छलफल भएको थियो ।

सो छलफलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनीहरुले आगामी केही दिनमा नै यी तीन देशका उच्च नेताको बैठक आयोजना गर्ने बारेमा तयारी भएको बताएका थिए । सो त्रिपक्षीय बैठकमा तेलको पाइपलाइन, उर्जा, बिजुलीका साथै अरु आर्थिक मुद्दाहरु र क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल भएको पनि तीन देशका विदेशमन्त्रीले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)