आइतवार, बैशाख २३, २०८१

जोरपाटी–साँखु सडकखण्डमा अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माण कार्य सूरु


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 530
    SHARES

१७ चैत्र, काठमाडौं। जोरपाटी–साँखु सडकखण्डमा अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माण कार्य सूचारु भएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत सडक विस्तार कार्य हुन लागेको यस सडकखण्डको खुलालटार क्षेत्रमा स्थानीयको अवरोध हुँदै आएको थियो । स्थानीयले मुआब्जा प्राप्त नभएसम्म सडक विस्तार कार्य शुरु गर्न नदिने भन्दै अवरोध गरेपछि काम रोकिएको छ । आयोजनाका इन्जिनियर बसन्तकुमार गाईंले स्थानीयले सडकमै सुतेर अवरोध गरेका कारण काम प्रभावित भएको बताउनुभयो । तरपनि अवरोध नभएका ठाउँमा सडक निर्माण कार्य सूचारु गरिएको इन्जिनियर गार्इंले बताउनुभयो ।

जोरपाटी–साँखु सडक खण्डको खुलालटार क्षेत्रमा ६०÷७० घरधुरीलाई करिब १२ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ । सडक खण्ड २२ मीटरको चौडा हुने छ । जसमा दुई दुई मिटर फुटपाथ रहने छ भने सडकको भाग १८ मिटर रहने छ । कुल ११.४६ किलोमिटर लम्बाई रहेको चाबहिल–जोरपाटी–साँखु सडक खण्ड मध्ये चाबिहल देखि जोरपाटी बागमती पुल सम्मको सडक कालोपत्रे भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }