आइतवार, बैशाख २३, २०८१

बम विस्फोटनको आरोपमा दुई पक्राउ


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 274
    SHARES

लहान ,१७ चैत्र

केही दिनअघि सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा आज सिरहा प्रहरीले दुई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरी रहेको प्रहरीले जनाएको छ ।

गत चैत १ गते मालपोत कार्यालयको पहिलो तल्लामा भएको बम विस्फोटमा एक कर्मचारीसहित आठ घाइते भएका थिए । प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयमा क्षति पुगेको थियो ।

बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो । यसअघि सोही बम विस्फोटमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले लहान नगरपालिका–१८ भदैया निवासी २८ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }