१८ चैत्र, काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडा कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनले ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिएका हुन्।
देवगौडाले लेखेका छन्, ‘म र मेरी श्रीमती चेन्नाम्मा कोरोना भाइरसबाट संक्रमित भएका छौँ। हामी अहिले आइसोलेशनमा बसेका छौँ। हालैका दिनमा मेरो सम्पर्कमा आउनुभएका सबैलाई परीक्षण गराउन आग्रह गर्छु।’
आफ्नो स्वास्थ्यलाई लिएर धेरै चिन्ता नगर्न पार्टी कार्यकर्ता तथा शुभचिन्तकसँग उनले अपिल गरेका छन्।
