सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दक्षिण अफ्रिकामा मादक पदार्थ बेचबिखनमा प्रतिबन्ध


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 424
    SHARES

१८ चैत्र, काठमाडौं । दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले मंगलबार राति गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी गराउनुभएको हो । दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ । यसैकारणले यहाँ मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँको इस्टर पर्वको हप्तामा मादक पदार्थको अत्यधिक मात्रामा विक्री वितरण हुने गरेका र यहाँ पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले पनि यो प्रतिबन्ध लगाइएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

यहाँ यो इस्टर्न होलिडे मनाउने क्रममा ठूलो संख्यामा मानिसहरु जम्मा हुने भएकाले ठूलो संख्यामा उनीहरुलाई भेटघाट र जम्मा हुन पनि प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँ पछिल्लो महिना दिन यतादेखि नै कोभिडको खोप लगाउने काम पनि शुरु भएको छ । चीन र रसियाबाट ल्याइएको कोरोना विरुद्धको खोप दक्षिण अफ्रिकामा दिने गरिएको छ ।

यहाँको स्वास्थ्य सम्बन्धी निकायले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ कम्तीमा पनि १५ लाख मानिसलाई यो संक्रमण भएको छ । त्यसैगरी यहाँ कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ५२ हजार जना मानिसको ज्यान गएको बताइएको समाचारमा उल्लेख छ ।

पछिल्लो समयमा युरोप र अमेरिकामाजस्तै यहाँ पनि कोरोना महामारीको दोस्रो लहर आएकाले त्यसबाट बच्न होटल रेष्टुरेन्ट आदिमा पनि सीमित मानिसहरु मात्र बस्न मिल्ने गरी प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)