बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालको प्राकृतिक सम्पदा पर्यटनका लागि महत्वपूर्ण निधी


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 963
    SHARES

काठमाडौं,१८ चैत्र

नेपाल पर्यटन बोर्ड र वन तथा भूसंरक्षण विभागको आयोजनामा पर्या पर्यटनसँग सरोकार राख्ने सरोकारवालाहरुसँग आज दिगो पर्यटन विकासका लागि पर्यापर्यटन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको प्राकृतिक सम्पदा पर्यटनका लागि महत्वपूर्ण निधी भएको बताउनु भयो । उहाँले नेपालको वन क्षेत्र पनि पर्यापर्यटनको लागि महत्वपूर्ण आधार भएपनि यसको समुचित प्रयोग हुन नसकिरहेको धारणा राख्नु भयो । ‘वनले आर्थिक उपार्जन तथा रोजगारी सिर्जनाका थुप्रै काम गर्न सक्छ । यसको उपयोग गर्दै पर्यापर्टन अगाडि बढाउन जरुरी छ । तर यस क्षेत्रमा पर्याप्त काम हुन सकेको छैन । बोर्डले यसको प्रर्वधनात्मक कार्यमा सघाउने छ । ’उहाँले भन्न् भयो ।

यस्तै बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले नेपाल पर्यटन बोर्डले सन १९९९ देखि नै दिगो पर्यटनका क्षेत्रमा विभिन्न काम गर्दै आईरहेको जानकारी दिँदै दिगो पर्यटन युनिटको अवधारणा सातै प्रदेशमा लैजानु पर्ने बताउनु भयो । उहाँले यसको लागि वन तथा भूसंरक्षण विभाग,बोर्ड,विभिन्न सामुदायिक वन उपभोक्ता महासंघ तथा निजी क्षेत्रधको सहकार्य आवश्यक भएको बताउनु भयो । वन तथा भूसंरक्षण विभाग अन्र्तगत सामुदायिक वन अध्ययन केन्द्रका सहायक वन अधिकृत विष्णु ज्ञवालीले वनसँग मिलेर पर्यटनका थुप्रै गतिविधि गर्न सकिने जानकारी दिंदै विभागले बोर्ड तथा अन्य सरोकारवालासँग समन्वय गरेर अघि बढ्न चाहेको बताउनु भयो । उहाँले वनसँग सम्बन्धित कतिपय नीति नियमहरु कठिन भएपनि त्यसलाई सहज बनाउँदै वनलाई आर्थिक विकास,रोजगारी सर्जिना र उद्यमशीलतासँग जोडने गरी काम भएको बताउनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायी मेघ आले,डीबी चौधरी,ठाकुर देवकोटा,केशव प्रसाद दाहाल लगायतले स्थानीय तहमा काम गर्दा तीन तहका कानून बाझिने तथा नितीगत झण्झटले काम गर्न असजिलो भएको भन्दै सहजीकरणको माग गर्नुभयो । उहाँहरुले पर्यापटनको विकासको लागि प्राकृतिक सम्पदाहरुको संरक्षणमा राज्यको ध्यान जानु पर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश स्तरमा गठन भएका वन उद्यम तथा पर्यापर्यटन सञ्जालहरू दीगो पर्यटन सञ्जालका सदस्य तथा विज्ञहहरूको सहअभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }