सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रान्समा तेस्रो पटक लकडाउन विद्यालय बन्द


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १९, २०७७
  • 353
    SHARES

काठमाडौं, १९ चैत्र

फ्रान्समा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेपछि कम्तीमा तीन हप्ताका लागि विद्यालय बन्द गरिने भएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले राष्ट्रिय स्तरमा लागू हुने गरी जारी गर्नुभएको नयाँ प्रतिबन्धात्मक व्यवस्थामा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

राष्ट्रपति म्याक्रोनले अर्को हप्तादेखि विद्यालय शिक्षालाई दुरशिक्षामा रुपमान्तरण गरिने बताउनु भयो । फ्रान्सका कतिपय शहरमा गत महिनादेखि नै लकडाउन गरिएको थियो ।

संक्रमण बढ्दै गएपछि लकडाउन गरिने क्षेत्रहरु विस्तार गरिएको हो । आगामी शनिबारदेखि अति आवश्यक बाहेकका सबै पसलहरु बन्द गरिनेछ । साथै घरबाट अति जरुरी कारण विना १० किलोमिटरभन्दा बढी यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

फ्रान्समा कोभिडका कारण गभ्भीर विरामी भएका ५ हजारभन्दा बढीको सघन उपचार कक्षमा उपचार भइरहेको छ । फ्रान्समा बुधबार मात्रै ५९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । योसँगै हालसम्म फ्रान्समा कोरोना संक्रमित हुनेको संख्या ४६ लाख नाघिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)