काठमाडौं ,१९ चैत्र
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले बन्धक बनाइएको स्थानमै उचित स्वास्थ्य उपचार नपाएको भन्दै अनसन बस्ने घोषणा गर्नुभएको छ ।
विपक्षी नेता नाभाल्नीलाई सरकारले स्वदेश फिर्ता भए लगत्तै बन्धक बनाएको हो । उहाँलाई हालै पेनल कोलोनी भन्ने स्थानमा जेल सारिएको हो ।
विपक्षी नेता नाभाल्नीले हालै इन्टाग्राममा ढाड दुखेको उपचार नपाउनुका साथै दायाँ खुद्टामा पनि समस्या भएको र आफूलाई निद्राबाट बञ्चित गराइएको आरोप लगाउनु भएको छ ।
विमानमा यात्रा गरिरहेका बेला विष सेवन गराएर गम्भीर घाइते हुनु भएका नाभाल्नी जर्मनीमा झण्डै ५ महिना लामो उपचारपछि गत जनवरीमा स्वदेश फिर्ता हुनु भएको थियो ।
रुसी सरकारले उहाँलाई विमानस्थलबाट नियन्त्रणमा लिएर जेल हालेको हो । नाभाल्नीलाई राजधानी मस्कोबाट एक सय मिटर पूर्वमा रहेको पेनल कोलोनी भन्ने स्थान राखिएको छ । स्वास्थ्य उपचार नपाएको भन्ने आरोपलाई भने जेल प्रशासनले अस्वीकार गरेको छ ।
