बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीनबाट ल्याएको कोरोना खोप ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १९, २०७७
  • 479
    SHARES

१९ चैत्र, काठमाडौं । चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको बताए।

पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने बताए। यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो।

चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो।

उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो।

नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा ‘भेरोसेल’ खोप रहेको छ।

सङ्घअन्तर्गतका प्रादेशिक, जिल्ला अस्पताल र सबै आधारभूत अस्पतलामा कोभिड– १९ को सबै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।

कोभिड–१९ परीक्षण गर्ने सबै सरकारी र निजी प्रयोगशालामा तयारी अवस्था राख्ने निर्णय गरेको छ।

काठमाडौं भित्रनेको एन्टिजेन परीक्षण गरिने

यस्तै कोरोना भाइरस सङ्क्रमण बढेपछि मन्त्रालयले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ।

मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।

यसअघि पनि मन्त्रालयले उपत्यकामा प्रवेश गर्नेको कोभिड–१९ को पिसिआर परीक्षण गरेको थियो।

नाकाबाट प्रवेश गर्नेलाई १० वटा सर्जिकल मास्क पनि उपलब्ध गराइने भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।यस्तै स्थानीय तहमा जोखिम पहिचान गरी एन्टिजेन परीक्षण बढाउनेसमेत भएको उनले बताए।

विभिन्न प्रवेश बिन्दुबाट नेपाल छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि उनले आग्रह गरेका छन्।

यस्तै मन्त्रालयले सबै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई जिल्लाभित्र भेला, सभा जुलुस रोक्न अनुरोध गरेको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)