सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फेसबुकद्धारा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको आवाजलाई समेत प्रतिबन्ध


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १९, २०७७
  • 543
    SHARES

काठमाडौं , १९ चैत्र

फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक भिडियो उनकी बुहारी लारा ट्रम्पको पेजबाट हटाएको छ।

जनवरी २०२० मा वाशिंगटनको क्यापिटल भवनमा उनका समर्थकहरूले हुलदंगा गरेपछि सोशल मिडिया कम्पनीले ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगाएको थियो। जून हालसम्म जारी छ ।

फक्स न्यूजका नयाँ योगदानकर्ता लारा ट्रम्पले आफ्नो पेजमा एक भिडियो पोस्ट गरेकी थिईन् जसमा उनले ट्रम्पको अन्तर्वार्ता लिएकी थिईन्।

पछि उनले फेसबुकबाट प्राप्त एक ईमेलको स्क्रिनसट पोस्ट गरेकी छिन जसमा उनलाई सो प्रतिबन्ध बारेमा चेतावनी दिइएको बीबीसीले उल्लेख गरेको छ।

‘डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरूमा राखिएको ब्लकको अनुरूप, डोनाल्ड ट्रम्पको आवाज (भ्वाइस अफ ट्रम्प)मा पोस्ट गरिएको थप सामग्री हटाइनेछ,’ एक ईमेलमा लेखिएको थियो।

डोनाल्ड ट्रम्पलाई फेसबुकका साथै इन्स्टाग्राम ट्विटर र युट्युबमा पनि प्रतिबन्ध लगाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)