सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा सेनाले ४३ बालबालिकाको ज्यान लिएः सेभ द चिल्ड्रेन


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २०, २०७७
  • 350
    SHARES

२० चैत्र, काठमाडौं । म्यानमारमा फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बालबालिकाको ज्यान गइसकेको छ । बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रेन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो स्थिति’ भएको बताएका छन् ।

मृत्यु हुने बच्चामध्ये एक ६ वर्षकी बालिका थिइन् । एक स्थानीय निगरानी समूहका अनुसार सैन्य कूपछि ज्यान गुमाउनेको कूल संख्या ५३६ रहेको छ ।

सेनाको कडाईः

म्यानमारमा सेनाले विरोधको व्यापक दमन गरिरहेको छ । यसैबीच म्यानमारमा संयुक्त राष्ट्रका दूतका अनुसार ‘यहाँ थप रगत बग्ने खतरा छ’ । यसैबीच सीमान्त इलाकामा सेना र जातीय अल्पसंख्यक समूहबीचको संघर्ष तीब्र हुँदै गएको छ ।

म्यानमारमा अशान्तिको सुरुवात करिब दुई महिना अघि भएको थियो । त्यतिबेला सेनाले चुनावमा धाँधलीको आरोप लगाउँदै सैन्य कू गरेको थियो । चुनावमा आङ सान सूचीका पार्टी एनएलडीले जबरजस्ती जीत हासिल गरेको आरोप लगाइएको थियो ।

सैन्य कू विरुद्ध हज्जारौं मानिसहरुले सडकमा उत्रिएर विरोध जाहिर गरे । सेनाले सुरुवातमा प्रदर्शनकारी रोक्नका लागि पानीको फोहोराको प्रयोग गरे । पछि रबरको गोली चलाइयो । त्यसपछि गोली नै चलाइयो ।

शनिबार सबैभन्दा जोडदार संघर्ष भयो । त्यस दिन सयभन्दा बढीको मृत्यु भयो ।

प्रत्यक्षदर्शीका अनुसार सेनाले सडकमा भएका मानिसहरुमाथि अचानक हमला गरे । केही मानिसहरुको मृत्यु उनीहरुको घरभित्रै भयो ।

हमलामा ज्यान गुमाउने ६ वर्षकी बालिका म्यो चितका परिवारले बीबीसीसँगको कुराकानीमा मार्च महिनाको अन्त्यमा मांडलेस्थित उनको घरमा छापा मारेको बताए । त्यस क्रममा बालिका आफ्नो पिता भएठाउँ दौडिएर काखमा बस्न जाँदा उनलाई प्रहरीले गोली हानेर हत्या गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)