सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २०, २०७७
  • 537
    SHARES

२० चैत्र, काठमाडौं । ताइवानमा ३५० यात्री बोकेको रेल सुरुङभित्र दुर्घटनाग्रस्त भएको छ । ट्रकलाई ठक्कर दिएपछि भएको उक्त दुर्घटनामा ३६ जनाको मृत्यु भएको र ७२ जना घाइते भएको रोयटर्सले जानकारी दिएको छ । यसलाई पछिल्लो चार दशक यताकै भयानक दुर्घटना बताइएको छ ।

ताइवानको केन्द्रीय आपतकालीन सञ्चालन केन्द्रले सुरुङभित्र असाध्यै क्षतीग्रस्त अवस्थामा रहेको रेलसम्म पुग्न उद्दारकर्तालाई निकै कठिन भइरहेको जानकारी दिएको छ ।

स्थानीय यातायात मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले दुर्घटनामा ७२ जना घाइते भएको जानकारी दिएको छ ।

‘दुर्घटना आज बिहान ह्वालियनको सुरुङभित्र भएको हो,’ ताइवानकी राष्ट्रपति साइ इंग–वेनले भनिन् ।

‘बिरामी र घाइतेका लागि आपतकालीन व्यवस्था लागू गरिएको छ । हालका लागि रेलभित्र च्यापिएकाको उद्धार गर्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’

रोयटर्सले दमकल विभागलाई उद्धृत गर्दै सयजनालाई निकालिसकिएको जानकारी दिएको छ ।

यसअघि सन् २०१८ मा उत्तरपूर्वी ताइवानमा रेल दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । यस्तै उत्तरी ताइवानमा सन् १९८१ मा भएको रेल दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)