सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा गर्मीले १११ वर्षको रेकर्ड तोड्यो


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २०, २०७७
  • 530
    SHARES

२० चैत्र, काठमाडौं । अमेरिकामा १२२ वर्षको रेकर्ड बर्फबारीको ५५ दिन पछि गर्मीले १११ वर्षको रेकर्ड तोडेको छ । यहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको छ । तीब्र रुपमा बढेको यो गर्मीका कारण समुद्री तटमा पुगेका छन् । मौसम विभागका अनुसार अमेरिकामा मार्च–अप्रिलमा तापक्रम २२ देखि २५ डिग्रीबीच रहन्छ । तर यस वर्ष यो ३३ डिग्रीसम्म पुग्यो ।

यो अघिल्लो वर्षको तुलनामा ७–८ डिग्री बढी हो । स्यान डिएगोस्थित नेशनल वेदर सर्भिसको मौसम विज्ञ मार्क मीडेले यो वर्ष चिसो मौसममा रेकर्ड बर्फबारी त भयो । तर चिसो अचानक समाप्त भयो । यसकारण अमेरिका र युरोपमा हिटवेव चल्न थाल्यो ।

यसकारण वसन्त ऋतु नआउँदै एक महिना अघि गर्मी आयो । मीडेका अनुसार बुधबार स्यान डिएगोमा तापक्रम ३२.७ डिग्री दर्ता गरियो । यसअघि यहाँ सन् १९१० मा ३१ डिग्री तापक्रम दर्ता गरिएको थियो । स्मरण रहोस्, ५ फेब्रुअरीमा अमेरिकामा पाँच फिटसम्म बर्फबारी भएको थियो ।

जर्मनी, नेदरल्याण्ड, फ्रान्स र बेलायतमा मार्च सबैभन्दा गर्मी रह्योः
अमेरिकामा मार्चमा रेकर्ड तोड गर्मी हुने पहिलो देश होइन । फ्रान्स, बेलायत, नेदरल्याण्ड र जर्मनीमा पनि यस वर्ष सबैभन्दा गर्मी भयो । बुधबार नेदरल्याण्डमा २७.२, जर्मनीमा २६, बेलायतमा २५ र फ्रान्समा २६ डिग्री तापक्रम दर्ता भयो । यी देशमा मार्चमा औसत तापक्रम १८ डिग्रीसम्म रहन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)