सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा लोकतन्त्रको बहालीको माग गर्दै ‘इस्टर एग’ सँग तस्बिर


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०७७
  • 858
    SHARES

२२ चैत्र, काठमाडौं । म्यानमारमा सैन्य शासनको विरोध गरिरहेका प्रदर्शनकारीले आइतबार ‘ईस्टर एग’ लाई आफ्नो विरोधको प्रतिक बनाएका छन् ।

मानिसहरु ‘इस्टर एग’ सँग आफ्नो तस्बिर पोस्ट गरिरहेका छन् । यी तस्बिरमा थुप्रै नारा लेखिएका छन् र मानिसहरुले म्यानमारमा लोकतन्त्रको बहाल होस् भनेर माग गरिरहेका छन् ।

१ फेब्रुअरीमा म्यानमारमा सैन्य कूपछि सैन्य शासकले सत्ता आफ्नो हातमा लिएका थिए र आङ सान सूचीसमेत छानिएको सरकारका विभिन्न अन्य नेतालाई हिरासतमा लिइएको थियो ।

यसविरुद्ध म्यानमारका नागरिक विरोध प्रदर्शन गरिरहेका छन् । यी प्रदर्शनमा हालसम्म ५५७ मानिसहरु मारिएको खबर छ ।

‘द असिस्टेन्ट असोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) नामका एक कार्यकर्ता समूहले यो आँकडा जारी गरेको छ ।

यो समूह सैन्य कू पछि नै विरोध प्रदर्शनमा घाइते भएका र मारिएका मानिसहरुको गन्ती गर्ने काम गरिरहेका छन् ।

यो समूहका अनुसार बर्माका मानिसहरु सैन्य तानाशाहीको अन्त्यसम्म र लोकतन्त्रको बहालीसम्म विरोध प्रदर्शन जारी राख्नेछन् ।

एएपीपीका अनुसार २६ सय भन्दा बढी मानिसहरु प्रहरीको हिरासतमा छन् ।

प्रदर्शनमा मृत्यु हुनेहरुको बढ्दो संख्यापश्चात् पनि म्यानमारका विभिन्न शहरमा भइरहेको प्रदर्शनमा समावेश हुने मानिसहरुको संख्यामा कमी आएको छैन ।

यसैबीच म्यानमारका सेना लगातार मानिसरुको आपसी संवादमाथि रोक लगाउने कोसिस गरिरहेका छन् ।

शुक्रबारदेखि म्यानमारमा मोबाइल इन्टरनेट बन्द छ । फिक्स लाइनको प्रयोग गर्ने मानिसहरुमात्रै इन्टरनेटको प्रयोग गर्न सकिरहेका छन् ।

यस्तै प्रशासनले म्यानमारका कम्तीमा ४० चर्चित व्यक्तिविरुद्ध वारेन्ट जारी गरेको छ । प्रशासनले यी मानिसहरुको अपराधबारे जानकारी दिँदै यी मानिसहरुले म्यानमारमा सैन्य शासनको विरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)