सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेशलाई सरकारले बेवास्ता गरिरहेको कर्णालीका सांसदहरुको गुनासो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०७७
  • 558
    SHARES

काठमाडौं, २२ चैत्र

संघीय संसदमा रहेका कर्णाली प्रदेशका सांसदहरुले विकासका दृष्टिकोणले कर्णाली प्रदेश पछाडी पर्दासमेत सरकारले बेवास्ता गरिरहेको गुनासो गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा उपस्थित भएका सांसदहरुले कर्णाली प्रदेशका नागरिकलाई सरकारले मानवीय दृष्टिकोणले समेत नहेरेको गुनासो गरेका हुन् । सांसद गजेन्द्र महतले कर्णाली बासिलाई रेल र एयरपोर्ट नचाहिएको तर सडक चाहिएको बताउनुभयो । देशमा सडक डिभिजन कार्यालय भएपनि अहिले सम्म नेपाली सेनाले बनाएको बाटोमा मात्रै कर्णालीबासि हिंडन पाएको बताउनुभयो । उहाँले कर्णालीका जनता विकासका दृष्टिकोणले मात्रै नभई हरेक कुराबाट पछाडि परेको बताउनुभयो । कर्णालीका जनताको जीवन २४ घण्टामा १२ घण्टा मात्रै हुने गरेको बताउँदै आफूहरुले भन्ने ठाउँ नै नपाएको गुनासो समेत गर्नुुभयो । सरकारले कर्णालीका जनताका कुरा नसुनेकाले आफूहरुलाई जनप्रतिनिधि भन्न समेत लाज लाग्ने गरेको उहाँले बताउनुभयो ।

सांसद गोपालबहादुर बमले सरकारले विकास भएको ठाउँमा विकासका योजना ल्याउने तर विकास नभएको कर्णालीका लागि कुनैपनि योजना नदिने गरेको बताउनुभयो । सडक सुविधा भइरहेको ठाउँमा सडक बनाउने काम भइरहेको तर सडक नै नभएको कर्णालीमा सडक बनाउने योजना समेत सरकारसँग नभएको गुनासो गर्नुभयो ।

सांसद छक्कबहादुर लामाले काठमाडौंको अर्थतन्त्र र कर्णालीको अर्थतन्त्रमा एउटा युगको नै फरक रहेको बताउनुभयो । कर्णालीमा सरकारको ध्यान नजाँदा अझैपनि कर्णाली राष्ट्रिय अर्थतन्त्रमा जोडिन नसेकेको बताउनुभयो । अर्थतन्त्र अझैपनि गुजारामा सिमित बन्नुपर्ने बाध्यतामा कर्णाली रहेको पनि बताउनुभयो ।

सांसद पार्वति कुमारी विशुन्केले एकपटकका लागि कर्णालीका जनतालाई काठमाडौंमा र काठमाडौंका जनतालाई कर्णालीमा लगेर नराख्दा सम्म सरकारले कर्णालीको भावना र आवश्यकता बुझ्न नसक्ने बताउनुभयो । एउटै देशका दुई ठाउँका नागरिकको जीवन नै फरक हुनु दुःख लाग्दो विषय भएको बताउनुभयो । उहाँले कर्णालीको छाना, नाना र खानालाई हेरेर त्यहाँको विकास योजना बनाउन र बजेट व्यवस्थापन गर्न माग गर्नुभयो ।

सांसद रंगमति शाहीले कर्णालीको विकास जस्तो महत्वपूर्ण विषयमा समितिमा छलफल हुने थाहा हुँदाहुँदै पनि सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले कर्णालीको जनताको आवस्यकतालाई हेरेर बजेट विनियोजन गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न समेत गर्नुभयो ।

सांसदहरुले कर्णालीको विकासका लागि पहिलो प्राथमिकता सडक नै रहेको बताएका छन् । कर्णालीको सडक निर्माणका लागि नेपाली सेना नै उपयुक्त रहेको पनि सांसदहरुले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }