सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डोनेसियाको बाढीमा परि कम्तीमा ६० जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०७७
  • 553
    SHARES

२३ चैत्र, तिमोर। इन्डोनेसिया र तिमोर लेस्ते (पूर्वी तिमोर) मा आइतबार आएको बाढी र पहिरोका कारण कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

लगातारको वर्षाका कारण बाँधहरु भरिएका छन् भने पानी त्यसमाथि बाट बगिरहेका छन् । यसका कारण थुप्रै द्वीपमा हज्जारौं घर ध्वस्त भएका छन् ।

बाढी र पहिरोका कारण प्रभावित इलाका पूर्वी इन्डोनेसियाका फ्लोर्स द्वीपको विषयमा छिमेकी देश तिमोर लेस्तेसम्म फैलिएको छ ।

अधिकारीले बाढीबाट मृत्यु हुनेको आँकडा बढ्न सक्ने चेतावनी दिएको छ । उनका अनुसार राहतकर्मी बाँचेका मानिसहरुको खोजीमा जुटेका छन् ।

इन्डोनेसियाका प्रकोप उद्धार एजेन्सीका प्रवक्ता रादित्य जातीले पत्रकारलाई भने, ‘चार उप–जिल्ला र सात गाउँमा बाढीमाथि खराब असर परेको छ ।’

उनले भने, ‘फिल्डमा भएका हाम्रा समूहसँग हामीले आँकडाको पुष्टि गरेको छ । हामीले पायौं कि ४१ मानिसहरुको मृत्यु भएको छ जबकी २७ मानिसहरु गायब छन् र ९ मानिसहरु घाइते छन् ।’

यद्यपि, पूर्वी फ्लोर्सका उप राज्य–संरक्षक आगस्तिनस पायोंग बोलीले उनको नगरपालिकामा कम्तीमा ६० जनाको मृत्युको अनुमान छ । इन्डोनेसियाका राष्ट्रिय प्राधिकरणले यी आँकडाको पुष्टि गरेको छैन ।

समाचार एजेन्सी एएफपीलाई उनले भने, ‘यीमध्ये करिब ५५ मानिसहरु एउटै गाउँका हुन् । धेरैजसो मानिसहरुको मृत्यु यसकारण भयो किनभने उनीहरुको गाउँमा पहिरोका साथै बाढीको पानी पनि छिरेको छ ।’

यस्तै, तिमोर लेस्तेको राजधानी जीलीमा ११ जनाको मृत्यु भएको छ ।

तिमोरका नागरिक सुरक्षा सचिवले बाढीद्वारा प्रभावित इलाकामा मानिसहरुको खोजीकार्य जारी भएको जानकारी दिएका छन् ।

द्वीपको बाढी प्रभावित इलाकाबाट मानिसहरुलाई निकालेर सुरक्षित स्थानमा लगिएको छ । कतिलाई नजिकैको अस्पताल र स्वास्थ्य केन्द्रमा पनि सारिएको छ ।

नोभेम्बरदेखि मार्च महिनासम्म इन्डोनेसियामा मनसुन सिजन चल्छ । यतिबेला यहाँ बाढी र पहिरो जस्तो प्रकृतिक दुर्घटना हुँदै थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)