२३ चैत्र, सिड्नी । नेकपा एमाले नेपाल–खनाल समूहले जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी गठन गर्ने घोषणासँगै अस्ट्रेलियामा पनि समानान्तर कमिटी घोषणा गरेको छ।
नेकपा एमाले नेपाल–खनाल समूहले ‘प्रवासी नेपाली मञ्च अस्ट्रेलिया’को अध्यक्षमा राजनकुमार बस्नेतलाई चयन गरेको छ भने उपाध्यक्षमा माधव शाह, प्रकाश सेढाई र लक्ष्मण श्रेष्ठ गरी तीन जनालाई चयन गरेको छ ।
त्यसैगरी महासचिवमा अच्युत शर्मा थपलिया, सचिवमा नरेश थापा, कोषाध्यक्षमा पूर्ण लामिछाने र पब्लिक अफिसरमा सिके भुसाललाई चयन गरेको छ ।
हरेराम चन्द्र राउत प्रवत्ता तोकिएको मञ्चको सदस्यहरूमा ध्रुव सुवेदी, कमल देवकोटा, हरिलाल लामिछाने, अग्निधर भण्डारी, वीरेन्द्र उदास, किशोर कुँवर, राजु मानन्धर, प्रकाश राया, राजकुमार केसी, सुवास रानाभाट, किरण पौडेल, रमेश पौडेल, बिबेक अर्याल, उद्धव खड्का, शङ्कर धरेल, तारालाल लामा, दामोदर रावल, रमेश सोडारी, अवनिश नेपाल, पविता मैनाली, मनसून राई र दीपिका तामाङ रहेका छन् ।
प्रवक्ता हरेराम चन्द्र राउतले सार्वजनिक गरेको विज्ञप्तिमा नयाँ कार्यसमितिको चयन गरिएको जानकारी दिइएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै एकताको विरोधी संज्ञा समेत दिइएको छ।
