बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रशासनले दियो बजार अनुगमनलाई तिब्रता


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २४, २०७७
  • 893
    SHARES

२४ चैत्र, काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

पछिल्लो समय बजारमा उपभोक्ता ठगिन थालेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई व्यापक बनाएको हो । जिल्ला प्रशासनले पहिलो चरणमा होटल, लजको सेवा तथा खाद्यवस्तुको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । अनुगमनको क्रममा काठमाडौंको गंगवु बालाजु क्षेत्रको होटल लजको अनुगमनमा उपभोक्तालाई दिइने खाद्यवस्तु र सेवामा न्यून गुणस्तरको रहेको पाइएको छ । कतिपय होटल रेष्टुरेन्ट बिना दर्ता भई सञ्चालनमा रहेको पनि पाइएको छ ।

मंगलबार गरिएको अनुगमनमा मुख्यगरी सरसफाईलाई ध्यान नदिएको पाइएको छ । अनुगमन मुख्यगरी कारबाही गर्ने भन्दा पनि सचेतना र व्यवहार सुधार्नको लागि भएको प्रशासनले बताएको छ । अनुगमनलाई समूह बनाएर विभिन्न क्षेत्रमा गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)