पोखरा ,२५ चैत्र
गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री सरकारबाट बाहिरिने भएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर पुनले आज मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङ्गलाई राजीनामा बुझाउन लाग्नु भएको छ ।
आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले उहाँहरुलाई सरकार बाट फिर्ता हुन निर्देशन दिएको थियो । तर सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने बारेमा भने माओवाली केन्द्रले कुनै निर्णय गरेको छैन ।
यस अघि मंगलबार कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।