आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्‍वास प्रस्ताव दर्ता तयारी, कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २, २०७८
  • 790
    SHARES

पोखरा, २ बैशाख

प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चाले (राजमो) निर्णय गरेसँगै गण्डकी सरकार ढल्ने निश्चित भएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्‍बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका छन् ।

विपक्षी पार्टीले निर्णायक रहेको राजमोको पनि समर्थन खोजेका थिए । तर केन्द्रबाट कुनै निर्देशन र निर्णय नआएको भन्दै राजमो सांसदले निर्णय नदिँदा सरकारविरुद्ध उभिएका पार्टी आफ्नो अभियानमा रोकिएका थिए । राजमो केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी सरकारविरुद्ध ल्याउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएपछि मोर्चाबन्दी बनाएका पार्टी अविश्‍वास प्रस्ताव दर्ताको तयारीमा लागेका हुन् । तीनवटै पार्टीले आफ्ना सांसदलाई पोखरा बोलाएका छन् । प्रदेशसभाका कुल सांसदमध्ये १ चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरे पनि अविश्वास प्रसताव दर्ता हुन्छ । तर सकभर सबैजनाको हस्ताक्षर भएमा राम्रो हुने भन्दै सांसदलाई बोलाइएको हो । ‘भोली (बिहीबार) मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नेगरी छलफल चलाएका छौं । सांसदलाई बोलाएका छौ,’ कांग्रेस वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले भने । त्यसअघि सर्वदलीय बैठक बस्ने तयारीमा दलहरु छन् । केसीले मुख्यमन्त्री गुरुङले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी ओलीको साथ दिएकाले उनीविरुद्ध आउने अविश्वास प्रस्तावको समर्थन गर्ने जनाएका हुन् ।

गण्डकीमा मुख्यमन्त्री कांग्रेसले पाउने पक्का भएको छ । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा मंगलबार छलफल भएर टुंगिएको हो । ‘गण्डकीमा मुख्यमन्त्रीमा कांग्रेसलाई समर्थन गर्ने निर्णय भइसकेको छ’ माओवादी केन्द्र संसदीय दल नेता हरिबहादुर चुमानले भने, ‘कांग्रेस संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बिहीबारै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता तयारीमा छौं ।’ कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली हुन् ।

गण्डकी प्रदेशमा नयाँ सकारबारे मा‌‌ओवादी केन्द्रका प्रदेश इञ्‍चार्ज एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले भने, ‘चार चरणमा छलफलपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन हामी सहमति नजिक पुगेका छौं । अब बिहीबार बिहान टुंगिन्छ ।’

६० सदस्यीय प्रदेशसभा सदस्यमध्ये तीनजना राजमोका छन् । सरकारविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गरे पनि राजमो सरकारमा भने नजाने भएको छ । नयाँ बन्ने गठबन्धन सरकारमा नगइ बाहिरबाटै समर्थन दिने राजमोको भनाइ छ । ‘दलहरुसंग छलफल गरिन्छ । तर मुख्यमन्त्री, मन्त्रीलगायत सरकारमा को जाने/नजाने हाम्रो सरकोकारको विषय होइन’, राजमो संसदीय दलका नेता कृष्ण थापाले भने, ‘अहिलेको सरकारलाई समर्थन दिए पनि प्रतिपक्षकै सीटमा बसेका थियौं । अब पनि त्यही हुन्छ ।’ उनले जुन-जुन पार्टी र नेतृत्वमा सरकार बने पनि र प्रतिपक्षको सिटमा बसे पनि आफूहरु सधैं सत्तापक्ष भइरहन जुरेको बताए । राजमोको समर्थन भइरहेमा मुख्यमन्त्री गुरुङ सरकार जोगिने भएकाले पछिल्लो समय राजमोलाई सरकारमा ल्याउन निकै कसरत पनि भएको थियो । तर राजमोले मन्त्री अस्वीकार गर्दै आएको छ ।

चैत २५ मा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि सरकार गिराउने र जोगाउने खेल सुरु भएको हो । गण्डकी प्रदेशसभामा एमाले २७, कांग्रेस १५, माओवादी १२, राजमो ३ र जसपाका २ सांसद छन । सरकार संचालनका लागि ३१ सांसद आवश्यक पर्छ । स्वतन्त्रबाट जितेर नेकपा प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) ले अहिलेकै सरकारलाई समर्थन गरिरहेको भए पनि विपक्षी गठबन्धनले आफ्नो पक्षमा आउने दाबी गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }