मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा गाउँपालिका स्तरिय अन्तर माध्यामिक बिद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ६, २०७८
  • 878
    SHARES

आशिष लामा, रसुवा, ६ बैशाख ।

रसुवामा गाउँपालिका स्तरिय अन्तर माध्यामिक बिद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ग्लोबल आइ.एम.ई.बैंक नौकुण्ड शाखाको सहयोगमा नौकुण्ड गाउँपालिकाले गौतम बुद्ध माध्यामिक बिद्यालय पार्च्याङमा गाउँपालिका स्तरिय अन्तर माध्यामिक बिद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको हो ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बुसाङ्बो घले र जिल्ला समन्वय समितिका सभापति कुलप्रसाद भट्टले उद्घाटन गरेका छन् ।

प्रतियोगितामा गाउँपालिका भित्र रहेको ५ वटा माध्यामिक बिद्यालयले सहभागिता जनाएका छन् । विभिन्न ८ खेलमा ३ सय विद्यार्थीले सहभागिता जनाई प्रतिस्पर्धा गर्ने नौकुण्ड गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र सिंह साहुले बताए ।प्रतियोगिता बुधबारसम्म संचालन हुने नौकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रराज गिरीले बताए ।

कार्यक्रम उद्घाटनको अवसरमा जिल्ला समन्वय समितिको सभापति कुल प्रसाद भट्टले खेलकुदका कार्यक्रमहरुलाई आगामी दिनमा अझ सशक्त ढङ्गले संचालन गर्न आफुले सधैं सहयोग गर्ने बताए ।

त्यसैगरि, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्बो घलेले यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरुमा प्रतिस्पर्धा गर्ने मनोवलको विकास हुने बताए । आगामी दिनमा गाउँपालिकाका सबै बिद्यालयमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)