आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बिहिबार नेप्सेमा दोहोरो अङ्कले वृद्धि


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ९, २०७८
  • 672
    SHARES

९ बैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक इन्डेक्समा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १५.८० अंकले बढेर २ हजार ६ सय ४८ अंकमा पुगेको हो ।

यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ३.२१ अंकले बढेर ४७६.६० अंकमा पुगेको छ ।
यस दिन २१४ कम्पनीको ७५ हजार १०८ पटकको कारोबार भएकोमा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर खरिद विक्रि भएका छन् ।

आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सेयरले सकारात्मक सर्किट लागेको छ भने, यता हिमालयन उर्जाको सेयरमूल्य सर्वाधिक ३.४४ प्रतिशतले घटेको छ ।

त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावर, मन्जुश्री फाइनान्स, मिल दोलखा, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर्स, रिडी हाइड्रोपावरको सेयरमूल्य २ प्रतिशत भन्दा बढिले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }