बिहिबार, बैशाख २७, २०८१

पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १५, २०८१
  • 34
    SHARES

काठमाडौँ । पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारबिरुद्ध प्रदर्शन गरेका छन् ।

पुँजी बजार संघर्ष समितिको आह्वानमा शनिवार काठमाडौंको माईतीघर मण्डलामा पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षा गर्न सरकारसँग माग गर्दै प्रर्दशन गरिएको हो ।

पुँजी बजारमा खर्बौंको स्वदेशी लगानी डुबीराख्दा पनि सरकारले वास्ता नगरेकाले त्यसको बिरोधमा संघर्ष गर्नुपरेको नेपाल सेयरधनी संघका महासचिव सुरक्षा खडकाले बताउनु भयो । उहाँले स्वदेशी लगानीकर्ताहरु मारमा परेका बेला सरकारले नेपालमा लगानी सम्मेलन आयोजना गरेर हास्यास्पद काम गरेको जिकिर पनि गर्नुभयो ।

महासचिव खडकाले भन्नुभयो, ‘स्वदेशी लगानीको संरक्षण गर, होइन भने स्टक मार्केट बन्द गर भन्ने नाराका साथ हामीले आजबाट शान्तिपूर्ण रुपमा आन्दोलन शुरु गरेका छौं । हामीले मोटरसाईकल र्‍याली पनि आयोजना गर्नेछौँ । राष्ट्र बैंकको नीति, जुन ३ वर्ष अघि लिएको थियो । त्यसले धेरै लगानीकर्ताहरुको खर्वाै रकम डुबिसकेको अवस्था छ । अनि उसको त्यो खराब नीतिको कारणले जुन संकटको बेला लिएको नीति थियो । तर त्यो नीति तरलता सहज हुँदा पनि लिईराख्नु हामी लगानीकर्ताहरुलाई ठूलो मारमा पारी राक्नु हो । अनि, स्वदेशी लगानीकर्ताहरुलाई मारेर, स्वदेशी लगानीकर्ताहरुलाई रुवाएर विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न आउ भनेर जुन सम्मेलन गर्दैछ । त्यो चाहीँ एकदमै हाँस्यास्पद कुरा छ । त्यो जुन अहिले अर्थ मन्त्रालयले लगानी सम्मेलन गर्दैछ । स्वदेशी लगानीकर्ताहरु यहाँ रोइराखेका छन् । स्वदेशी लगानीकर्ताहरुको सुरक्षा छैन । स्वदेशी लगानीकर्ताहरु यहाँ लगानीको वातावरण नदेखेर विदेश पलायन भईराखेका छन । यो सरकारको नीति के हो ?’

उनीहरुले पुँजी बजार सुधारका लागि आवश्यक नीति, नियम, प्रविधि, पूर्वाधारको तत्काल व्यवस्था गर्न पनि सरकारलाई दवाव दिएका छन् । पूँजी बजारमा स्वदेशी लगानीकर्ताहरुको उद्धार गर्न सरकारलाई दबाब दिन सडक संघर्ष पुन: शुरु परेको अर्को सेयरधनी तिलक कोेईरालाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले यो पुँजी बजारमा गर्नुपर्ने सुधार बिस्तारका कामहरु नगरेर पुँजी बजार डुबाउने काम गरेको हुँदाखेरी यो नीति, नियम, प्रविधि, पूर्वाधारको तत्काल व्यवस्था गर्न र पुँजी बजारलाई उद्धार गर्ने काम तत्काल गरोस् भनेर लगानीकर्ताहरु प्रर्दशनमा उत्रिएका हुन । एकातिर स्वदेशी लगानीकर्ताहरुलाई डुबाउने, अर्कोतिर विदेशी लगानीकर्ताहरुलाई ल्याउँछौं भनेर करोडौं खर्च गर्ने फजुल खर्च गरेर नेपाली राजस्वबाट उठेको पैसा दुरुपयोग गर्ने काम सरकारले गरिरहेको छ । त्यसको पनि खबरदारी हो । र, यो हाम्रो निरन्तरको कार्यक्रम अघि बढिराखेको छ ।’

प्रदर्शनीको क्रममा उनीहरुले स्वदेशी लगानीको सुरक्षा गर्न दवाव दिने खालको प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }