मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रिमियर लिगको तेस्रो स्थानमा लेस्टरको बलियो पकड


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 465
    SHARES

१४ बैशाख, काठमाडौं । इंलिस क्लब लेस्टर सिटीले च्याम्पियन्स लिगमा छनोट हुने संभावना बलियो बनाएको छ । क्रिस्टल प्यालेसविरुद्ध २–१ को जित हात पादै लेस्टरले प्रिमियर लिगको तेस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको हो । विल्फ्रेड जाहा १२ औं मिनेटमा गोल गर्दा क्रिस्टल प्यालेसले खेलमा अग्रता बनाएको थियो ।

लेस्टरबाट ५० औं मिनेटमा टिमोथी कास्टग्नेले बराबरी गोल फर्काए भने केलेची इहानाचो ८० औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै लेस्टरले चौथो स्थानको चेल्सीसँगको अंकदूरीलाई ४ अंकमा लम्ब्यायो । प्रिमियर लिगमा सबै टोलीहरुले अन्तिम ५ खेल खेल्न बाँकी छ ।

यस्तोमा ७७ अंकसहित म्यानचेस्टर सिटी पहिलो, ६७ अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो, ६२ अंकसहित लेस्टर तेस्रो, ५८ अंकसहित चेल्सी चौथो, ५५ अंकसहित वेस्टह्याम पाँचौ, ५४ अंकसहित लिभरपुल छैटौं, ५३ अंकसहित टोट्टेनह्याम सातौं र ५२ अंकसहित एभर्टन आठौँ स्थानमा छन् ।

शीर्ष चार स्थानमा रहेर लिग टुंग्याउने टोली आगामी वर्षको च्याम्पियन्स लिगका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)