बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

नेपालमा संक्रमण दर २२८ प्रतिशतले बढिरहेको छ : स्वास्थ्य मन्त्रालय

एक महिनामा एक लाख ९३ हजार सङ्क्रमित


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १६, २०७८
  • 317
    SHARES

काठमाडौं ,१६ बैशाख

नेपालमा कोभिड–१९ को सङ्क्रमण दर उच्च रहेको छ । नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले  आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा  गत हप्ताको तुलनामा यसहप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी गराइयो । स्वास्थ्य मन्त्रालयका अनुसार यसहप्ता नेपालको सङ्क्रमण दर भारतको जस्तै रहेको छ ।

गतवर्ष  भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको  जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो  । “चार हप्तामा भारतजस्तै नेपालमा सङ्क्रमणको दर छिटो छिटो बढेको छ”, , “नेपालमा भारतमा भन्दा बढी सङ्क्रमण दर रहेको छ ।”

नेपाल भारतभन्दा द्रुत गतिमा सङ्क्रमणको दर बढिरहेको छ । भारतमा जस्तै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको  जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो  । संसारभरमा नेपाल अहिले सङ्क्रमण सार्नेमा सबैभन्दा उच्च रहेको पत्रकार सम्मेलनमा दिइएयो । नेपालमा एक जनाले दुई जनाभन्दा बढीलाई सङ्क्रमण सारिरहेका छन् । हिजो मात्र चार हजार ८९७ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जनामा सङ्क्रमण, दुई लाख ७९ हजार २७९ जना निको र तीन हजार २११ को निधन भइसकेको छ ।

एक महिनामा एक लाख ९३ हजार सङ्क्रमित

उहाँका अनुसार यही दरमा सङ्क्रमण फैलिने हो भने एक महिनामा एक लाख ९३ जना सङ्क्रमित हुनेसक्ने छन् । “एक वर्षमा जति सङ्क्रमित फेला पारेका थियौँ, सङ्क्रमित यही दरमा बढ्ने हो भने हामी तीन महिनामा विगत एक वर्षको सङ्क्रमितको सङ्ख्या पुग्ने छ”, उहाँले भन्नुभयो, “सङ्क्रमतिको सङ्ख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्ने छ, यही गति दरमा सङ्क्रमण बढ्ने हो भने हामीले १०० देखि १५० मानिसलाई गुमाउनु पर्छ ।” हिजो १७ जनाको निधन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)