बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकदिवसीय विश्वकपको मिति तय, नेपाललाई प्लेअफको आशा


  • माउन्टेन खबर
  • बुधबार, साउन २०, २०८३
  • 34
    SHARES

काठमाडौँ-  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक गरेको छ ।

 

 

क्रिकेट समाचार प्रकाशन गर्ने वेबसाइट ‘क्रिकइन्फो’ का अनुसार आइसिसी एकदिवसीय विश्वकप क्रिकेट सन् २०२७ को अक्टोबर ४ देखि नोभेम्बर २१ तारिखसम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुनेछ । यस्तै विश्वकपमा छनोट खेलभने २०२७ को फेब्रुअरी २२ देखि मार्च २३ तारिखसम्म सम्पन्न भईसक्नुपर्ने छ ।

आइसिसीले विश्वकप छनोटको प्रक्रियामा परिवर्तन समेत गरेको छ । छनोटमा १० टोलीले भाग लिनेछन् । छनोट खेल जित्ने टोली सिधै १४ टोली सहभागि हुने मुख्य छनोटमा पुग्नेछ ।

दोस्रोदेखि चौथोमा रहने टोलीले सुपर सिरिजको पहिलो चरण खेल्नुपर्ने प्रावधान राखिएको छ । यस चरणको शीर्ष टोली मुख्य विश्वकपको अन्तिम १२ टोलीको समूहमा पर्नेछ ।

यस्तै छनोट प्रतियोगिता खेल्ने १० टोलीबाट वरीयताका आधारमा आइसिसीको एक दिवसीय वरीवतामा रहेका दुई पूर्ण सदस्य दक्षिण अफ्रिका र जिम्बाबे बाहेक, आइसिसी लिग–२ बाट छानिएका चार टोली र प्लेअफबाट आउने चार टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालको लिग–२ को शीर्षस्थानमा रहेर विश्वकप पुग्ने योजना सकिसकेको छ । अब नेपालले लिग–२ मा प्लेअफको बाटो समाउनु पर्ने अवस्था छ । हाल लिग–२ मा सहभागी आठ टोलीमध्ये नेपाल ३२ खेलमा २४ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा छ । आइसिसीले प्लेअफको ढाँचा अझै तयार गरिसकेको छैन ।

लिग–२ मा एकअर्कासँग कूल ३६ खेल खेलेपछि शीर्ष चारमा रहने टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुने प्रवाधान राखिएको छ ।

नेपाललाई एकदिवसीय मान्यता प्राप्त गर्न पनि शीर्ष ६ स्थानमा अटाउनुपर्नेछ । तीन पटक टी–२० विश्वकप खेलेको नेपालले अहिलेसम्म एकदिवसीय विश्वकप खेल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)