काठमाडौँ- कोशी प्रर्देश सरकारको नेतृत्वको विवादबारे एमाले शीर्ष तहमा छलफल चलेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको मुख्यमन्त्रीका विषयमा देखिएको आन्तरिक विवाद हल गर्न कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्षसँग छुट्टाछुट्टै छलफल गर्नुका साथै प्रदेशका पदाधिकारी र मुख्यमन्त्रीसहितको नेतृत्वसँग सामूहिक परामर्श गर्नु भएको हो ।
एमालेका नेता रामबहादुर थापा ‘बादल’ले नेपाली कम्युनिष्ट पार्टीबीच भएको सहमतिअनुसार बागमती र कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन तथा नेतृत्व परिवर्तनको तयारी भइरहेको जानकारी दिनुभयो ।
यद्यपि, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भने पार्टीको औपचारिक निर्णयबिना आफूले राजीनामा नदिने अडान दोहोर्याउनु भएको छ ।
त्यसैले कोशी प्रदेशको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा दलभित्रै रस्साकस्सी जारी रहेको देखिन्छ ।
