बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसारभर अहिलेसम्म १५ करोड भन्दा बढी संक्रमित


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १६, २०७८
  • 425
    SHARES

१६ बैशाख, काठमाडौं । संसारभरी कोरोना संक्रमितको आँकडा १५ करोड पार भएको छ । हालसम्म १५.०२ करोडभन्दा बढी मानिसहरु कोरोनाभाइरसद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये ३१.६३ लाखभन्दा बढीको मृत्यु भएको छ जबकी १२.८२ लाख मानिसहरु कोरोना संक्रमणबाट निको भइसकेका छन् । हाल १.९३ करोड मानिसहरुको उपचार चलिरहेको छ । यीमध्ये १.९२ करोड व्यक्तिमा कोरोनाको हल्का लक्षण छन् भने १.१० लाख मानिसहरुको स्थिति गम्भीर छ ।

उता कोरोनाभाइरसको इन्डियन भेरियन्ट संसारको १७ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी पछिल्लो हप्ता कोरोनाका ५७ लाख संक्रमित भेटिए । यो आँकडा पहिलो लहरभन्दा निकै धेरै हो । इन्डियन स्ट्रेन वा B.1.617​ भेरियन्ट (डबल म्यूटेशन भेरियन्ट) का कारण भारतमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । डब्ल्यूएएओले यसलाई भेरियन्ट अफ इन्टरेस्ट घोषित गरेको छ ।

संसारभर २४ घण्टामा ८.८५ लाख संक्रमितः
पछिल्लो २४ घण्टामा संसारभरी ८ लाख ८५ हजार ६०४ संक्रमितको पहिचान भयो र १५,२८४ मानिसहरुको मृत्यु भएको छ । नयाँ संक्रमितको कुरा गर्नुपर्दा सोमबार संसारभरीबाट आएको केसको ४२ प्रतिशत संक्रमित भारतमा भेटिए । यहाँ ३ लाख ७९ हजार ४५९ मानिसहरुमा कोरोनाको पुष्टि भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)