बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मकवानपुरमा थप ६१ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १७, २०७८
  • 720
    SHARES

१७ बैशाख, मकवानपुर । मकवानपुरमा शुक्रबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९२ जनाको स्वाबको नमुना परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिकाका ५९, बागमती गाउँपालिकाका १ र काठमाडौंका १ जना गरी ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा २९ जना महिला र ३२ जना पुरुष रहेका छन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४का रहेका छन् । वडा नम्बर–४ का १५ जनामा संक्रमण पुष्टि भएको चौलागाईंले बताउनुभयो ।

त्यस्तै हेटौंडा–१, २ र ५ का ६÷६ जना, हेटौंडा–३ का २ जना, हेटौंडा–८ का ८ जना, हेटौंडा–१० का ४ जना, हेटौंडा–११ का ५ जना, हेटौंडा–६, १६ र १७ का १/१ जना, हेटौंडाको वडा खुल्न नसकेका ४ जना र बागमती गाउँपालिका वडा नम्बर ९ का १ जना मा संक्रमण पुष्टि भएको छ । यससँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ३ सय ८६ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)