बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १८, २०७८
  • 519
    SHARES

१८ बैशाख, रुपन्देही । शनिवार बिहान प्रादेशिक अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासीका एक जना र रुपन्देहीका एक गरी २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताउनुभयो ।

नवलपरासीको रामग्राम नगरपालिका १० की ४५ वर्षिया महिलाको बिहान ४ बजे मृत्यु भएको छ भने रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले जानकारी दिनुभयो ।

वैशाख १३ गते संक्रमण पुष्टि भएका उनीहरु १६ गते देखि त्यस अस्पतालमा भर्ना भई उपचार गराई रहेका थिए ।

यो सँगै अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ९२ जना पुगेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)